नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10236 · वि.सं. २०७६
नि.नं. 10236 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि अंशियारले आफ्नो अंशहक पारित लिखतद्वारा नै परित्याग गर्नुपर्छ भन्ने छैन । अंशियारले अंश मुद्दाको रोहमा अदालतमा पेस गरेको कुनै पनि कागजलाई स्वीकार गरेको अवस्थामा वा अंशियार स्वयं अंश मुद्दाको कारबाहीमा अदालतमा उपस्थित भई आफूले आफ्नो अंशभाग आफ्ना आमा बाबु वा अन्य अंशियारबाट लिन नपर्ने भनी अदालतसमक्षको बयान कागजमा स्वीकारेको अवस्थामा पनि अंशियारले आफ्ना आमाबाबुको तर्फबाट पाउनु पर्ने अंशभाग परित्याग गरेको मानिने । (प्रकरण नं.८) एकपटक अंश परित्याग गरिसकेको व्यक्तिले पुनः उही अंशियारहरूबाट अंशहक माग गर्न र प्राप्त गर्न नमिल्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10236 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2075/08/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट | माननीय न्यायाधीश श्री विदुरविक्रम थापा |
| मुद्दा नं. | ०७२-CI-०३६३ | ०७०-CP-००४९ | ०७०-CG-००२५ | ०७०-PC-००३१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10236 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
