नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10186 · वि.सं. २०७६
नि.नं. 10186 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
विद्यमान मदिरा ऐनले सर्वसाधारणको स्वास्थ्य, सार्वजनिक हित, क्षतिपूर्तिको अधिकार, उपभोक्ताको अधिकारहरूको संरक्षण प्रवर्द्धन गर्न पर्याप्त नरहेको र गैरकानूनी कार्यलार्इ नियन्त्रण एवं दण्डनीय बनाउन तथा अवाञ्छित वा नैतिकता प्रतिकूल काम कार्यलार्इ निषेध गर्न, रोक लगाउन तथा नियमन नियन्त्रण गर्न पर्याप्त नरहेको, विद्यमान मदिरा ऐनसमेतको सक्रिय कार्यान्वयन नभएको भन्ने देखिन आएकोले विद्यमान मदिरा ऐनसमेतमा आवश्यक संशोधन परिमार्जन गरी उपभोक्ताको अधिकार, वातावरणीय अधिकार, जीवनको अधिकारसमेतको संवैधानिक मौलिक अधिकार तथा मानवअधिकारको कार्यान्वयन हुनु जरूरी देखिने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10186 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2075/05/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. |
| मुद्दा नं. | ०७४-WO-०३६४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10186 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
