नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10182 · वि.सं. २०७६

नि.नं. 10182 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपालमा औषधि उत्पादन पनि नगरेको र कुनै पनि तवरबाट प्रतिष्ठान वा कार्यालयको रूपमा दर्ता नरहेको अवस्थामा औषधि बिक्री वितरणको अनुमति लिएको र नेपाली कम्पनीलाई सुपर डिस्ट्रिब्युटर नियुक्त गरेको आधारमा मात्र नेपालमा दर्ता रहेको भन्‍न मिल्ने अवस्था देखिन आउँदैन । प्रत्यक्षरूपमा कानूनत: दर्ता हुनु र डिस्ट्रिब्युटर नियुक्त गरी कार्य गर्नु गराउनु फरक अवस्था हो । यस्तो अवस्थामा भारतमा दर्ता भएको भारतीय कम्पनीले गरेको काम कारबाहीको सम्बन्धमा सिर्जित विवाद नेपालको श्रम अदालतको क्षेत्राधिकारभित्र पर्ने देखिन नआउने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10182
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/03/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्‍तान
मुद्दा नं.०६७-WO-०८६१ | ०६५-WO-०१३८
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10182
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्