नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10181 · वि.सं. २०७६

नि.नं. 10181 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

पदपूर्ति समिति वा बढुवा समितिले निर्वाह गर्ने कानूनी दायित्व स्वच्छिक वा सुविधायुक्त नभई अनिवार्य दायित्व हो । कानूनबमोजिम अनिवार्य रूपमा गर्नु पर्ने निर्णय गरे पनि हुने, निर्णय नगरे पनि हुने, वा विलम्ब गरी निर्णय गरे पनि हुने भन्‍ने नहुने । (प्रकरण नं.११) जिम्मेवार निकायले अख्तियारीको दुरूपयोग गर्ने वा विलम्बपूर्ण कार्य गर्ने प्रवृत्तिमा नियन्त्रण कायम गर्न बढुवा समिति र यसका पदाधिकारीहरूको अकार्य (Omission) लाई पनि जवाफदेहिताको विषय बनाउनु आवश्यक देखिने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10181
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2075/02/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७३-WO-१२२२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10181
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्