नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10176 · वि.सं. २०७६

नि.नं. 10176 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहरे पनि केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२)(क) मा कुनै कसुरको सजाय साबिक ऐनमा मुलुकी अपराध संहितामा लेखिएको भन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा सर्वस्वसहित जन्मकैदको कानूनी व्यवस्था नभएको र ऐ. को दफा १७७ (२) मा ज्यान मर्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय मात्र हुने भनी कानूनी व्यवस्था रहेभएको देखिएकोले प्रतिवादीलाई जन्मकैदको मात्र सजाय हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10176
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2075/05/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री रमेशराज पोखरेल | माननीय न्यायाधीश श्री टेकराज नेपाल | माननीय न्यायाधीश श्री विदुर विक्रम थापा
मुद्दा नं.०७५-RC-००२६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10176
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्