नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10157 · वि.सं. २०७५

नि.नं. 10157 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

मिलापत्रपूर्व गरिएका व्यवहारलाई मिलापत्रले संकुचित गरेको भनी व्याख्या गर्न मिल्ने होइन । अंश छोडपत्र गरी आ-आफ्नो बिक्री व्यवहार गरिसकेपछि पनि अंशियारहरू पुनः सगोलमा बस्न सक्दछन् । सगोलमा बस्ने गरी मिलापत्र हुनुपूर्व आ-आफ्नो अंशहक आफूखुसी गर्न अंशियारहरूलाई कुनै कानूनले रोकेको देखिँदैन । पछि सगोलमा बस्ने गरी भएको मिलापत्रले उक्त मिलापत्रपूर्व गरिएको कारोबार व्यवहारलाई असर पर्ने गरी पश्‍चात्‌दर्शी प्रभाव पार्ने अवस्था नरहने । फिराद दायर गर्नु र मिलापत्र वा फैसलाबाट हक अधिकार स्थापित हुनु अलग अलग विषय हुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10157
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2074/04/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री डा. आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री सुष्‍मलता माथेमा
मुद्दा नं.०७३-CI-१०२१
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10157
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्