नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10156 · वि.सं. २०७५
नि.नं. 10156 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुनरावेदन सुन्ने अदालतबाट मुलुकी ऐन, अ.बं. १७ नं. बमोजिमको निवेदनमा आदेश हुँदा सो आदेशले तलको अदालतमा चलिरहेको मुद्दामा के कस्तो असर पर्छ भन्ने विषयमा सचेत रही आदेश गर्नु पर्ने । अ.बं. १७ नं. को निवेदनको रोहमा हुने आदेशबाट कुनै पक्षको हक स्थापित हुने नभई तल्लो अदालतमा मुद्दाको कारबाही हुँदा म्याद नाघेको वा रीत बेरीतसम्म हेरिने हो । यस प्रकृतिको सीमित अधिकार अ.बं. १७ नं. बमोजिमको निवेदनमा रहने हुनाले तल्लो अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतसँग भएको न्यायिक अधिकारमा हस्तक्षेप गर्न मिल्ने उक्त कानूनी व्यवस्थाको अवधारणा नहुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10156 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2075/10/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान |
| मुद्दा नं. | ०७५-WO-००२३ | ०७३-CP-४४५८ | ०७३-PC-५०२९ | ०७३-CP-३७१५ | ०७३-CP-५०२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10156 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
