नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10155 · वि.सं. २०७५
नि.नं. 10155 — नामसारी हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
भिन्न भएका तर हेरचाहमा संलग्न नभएका प्रतिवादीले अपुताली सम्पत्तिमा बराबर हक कायम हुनुपर्छ भन्ने तर्क अपुतालीको भन्दा अंशबन्डाको कानूनसँग सामिप्यता राख्दछ । अपुतालीको हक सबै जीवित अंशियारमा सर्न सक्ने पनि होइन । अपुतालीको सम्बन्धमा एक पटक हक छाडी कागज गरिदिने र स्याहार सम्भार नगर्नेलगायतका आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केबल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्न खोज्नुलाई स्वाभाविक मान्न मिल्दैन । त्यस्तो कार्यलाई कारोबारको पवित्रता र निश्चितता, विबन्धन, सदाचार, असल नियत र नैतिकताको बन्धनले छेक्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10155 |
|---|---|
| मुद्दाको विषय | नामसारी हक कायम |
| निर्णय वर्ष / मिति | 2075/04/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री लेखनाथ ढकाल | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री सरिता शर्मा |
| मुद्दा नं. | ०७३-CI-१३८९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10155 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
