नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10151 · वि.सं. २०७५

नि.नं. 10151 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सुदूर पश्चिमाञ्चल विश्‍वविद्यालय ऐन, २०६७ ऐनको दफा ३९ को अर्थ नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने गरी पदाधिकारी, शिक्षक तथा कर्मचारीको दरबन्दी स्वीकृत गर्दा वा त्यस्ता पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधा थप गर्नुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने भन्नेसम्म हो । प्रस्तुत रिट निवेदनमा रिट निवेदकको दरबन्दी स्वीकृत भएको, वा निजको सेवा सुविधा, पारिश्रमिक थप भएको विषय नभई पहिला नै स्वीकृत भएको निजको दरबन्दीको समायोजनसम्म भएको भन्ने अवस्था देखिने । (प्रकरण नं.५) निवेदक निवृत्तिभरण प्राप्‍त गर्न अयोग्य व्यक्ति रहे भएको भन्ने आधार स्थापित हुन नसकेको स्थितिमा निजले निवृत्तिभरण नपाउने अर्थ गर्नु औचित्यपूर्ण नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10151
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७४-WO-०९०५ | ०७४-WO-०७४२
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10151
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्