नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10141 · वि.सं. २०७५
नि.नं. 10141 — अंशचलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै लिखतलाई अविभाज्य हो वा पृथकीय हो भनी छुट्याउनु परेको अवस्थामा सो लिखतको स्वरूप, त्यसबाट असर पर्ने पक्षहरूको संख्या र स्वीकार्यता जस्ता समग्र पक्षमा विचार गरिनु पर्दछ । यो केवल प्राविधिक वा यान्त्रिक विषय मात्रै होइन । खासगरी अंश भरपाई गरेको सन्दर्भमा हेर्दा एउटा अंशियारले निजका समान तहका अंशियारहरूसँग मिलेमतो गरी अन्य अंशियारको हक हितमा असर पुर्याउने गरी व्यवहार गरेको देखिन्छ भने त्यसबाट असर परेका र दाबी गर्न आएका पक्षहरूको हकमा सम्म लिखत बदर गर्न कानूनी बाधा नदेखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10141 |
|---|---|
| मुद्दाको विषय | अंशचलन |
| निर्णय वर्ष / मिति | 2075/06/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे | माननीय न्यायाधीश श्री एकराज आचार्य | माननीय न्यायाधीश श्री रामचन्द्र यादव |
| मुद्दा नं. | ०७०-CI-०००३ | ०६९-CI-१२८२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10141 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
