नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10137 · वि.सं. २०७५

नि.नं. 10137 — बैंकिङ कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुतः चेक अनादर व्यक्ति व्यक्तिबीच चेक काटी लिनु दिनु गरेको कारोबारसँग सम्बन्धित रहेको देखिन्छ । यसमा चेक दिनेको खातामा पर्याप्‍त रकम नभएको कारणबाट चेक धारकले चेकमा उल्लेख भएको रकम सम्बन्धित बैंकबाट भुक्तानी पाउन नसकी चेक अनादर हुन जाने । (प्रकरण नं.५) बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा भएको व्यवस्थाअनुसार चेकमा उल्लिखित रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी दिएको आधारमा मात्र बैंकिङ कसुर मान्‍न सकिने अवस्था नदेखिने । बैंकिङ कसुर हुनको लागि आफ्नो खातामा पर्याप्‍त रकम छैन भन्‍ने जानकारी हुँदाहुँदै चेक काटिएको हुनुपर्ने र चेकमा उल्लिखित रकम निजको खातामा मौज्दात नभए पनि उक्त चेकअनुसारको रकमको भुक्तानी लिएको दिएकोसमेत हुनुपर्ने हुन्छ । चेक काटिएको रकमको भुक्तानी लिँदा दिँदा बैंकका कर्मचारीसमेत संलग्न हुने हुँदा बैंकका कर्मचारी संलग्न नभएको अवस्थामा एकतर्फी चेक काटिएको आधारमा मात्र बैंकिङ कसुर हुन सक्ने देखिँदैन । "भुक्तानी लिन दिन हुँदैन" भन्‍ने बेहोराले भुक्तानी लिने र दिने दुवै पक्षलाई जिम्मेवार बनाउन खोजेको देखिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10137
मुद्दाको विषयबैंकिङ कसुर
निर्णय वर्ष / मिति2074/06/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी | माननीय न्यायाधीश श्री सरिता शर्मा
मुद्दा नं.०७१-RB-०१२१ | ०६८-CR-०७२३
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10137
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्