नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10133 · वि.सं. २०७५
नि.नं. 10133 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ३५क र नियम १८ को उपनियम (१) को खण्ड (क) को (४) को व्यवस्था हेर्दा यी दुई व्यवस्थाहरू आफैँमा पृथक व्यवस्था रहेको देखिन्छ । पृथक व्यवस्था भएको कारण सो प्रावधानहरूको व्याख्यासमेत स्वतन्त्र रूपले मूल ऐनको समग्र उद्देश्य तथा विधायिकी मनसायअनुरूप समन्वयात्मक व्याख्या (harmonious interpretation) गरिनु पर्ने देखिन्छ । कानूनको व्याख्या गर्दा कुनै एक प्रावधानलाई मात्र यान्त्रिक तरिकाले व्याख्या गर्नु व्यावहारिक हुँदैन । समग्रमा कानूनको प्रस्तावनामा उल्लिखित उद्देश्यलाई समेत मध्यनजर गरी रचनात्मक तरिकाले ऐनकै उद्देश्य पूर्तिको लागि समन्वयात्मक व्याख्या गरिनु पर्ने । (प्रकरण नं.४) ऐनद्वारा प्रत्यायोजित गरिएको अधिकारको आधारमा सार्वजनिक सवारीलाई सुरक्षित रूपमा सञ्चालन गरी सवारी दुर्घटना न्यूनीकरण गरी सर्वसाधारण नागरिकलाई सुरक्षित यातायात सेवा व्यवस्थापन गर्ने ऐनको मूल उद्देश्यको प्रयोजनार्थ नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधनको छतमा राखिने क्यारियर हटाउने गरी संशोधनद्वारा थप गरेको व्यवस्था अन्यथा नदेखिने । ऐनको उद्देश्य कार्यान्वयन र सहजीकरणको हेतुले नेपाल सरकारले गरेको उक्त व्यवस्थालाई बाझिएको अर्थ गर्न मिल्ने अवस्था देखिँदैन । संशोधित नियमावलीको व्यवस्था बसमा यात्रा गर्ने यात्रुहरूको बढ्दो दुर्घटनाबाट मृत्यु भएको सन्दर्भलाई हेरी संशोधनबाट ल्याइएको छ । यात्रुको सर्वोपरी सुरक्षालाई ध्यानमा राखी बनाइएको कानूनी व्यवस्था ऐनको प्रतिकूल हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10133 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2075/09/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे |
| मुद्दा नं. | ०७४-WO-०११० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10133 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
