नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10131 · वि.सं. २०७५

नि.नं. 10131 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वातावरण एउटा स्थान वा देशको मात्र सरोकारको विषय नरही हाल विश्‍वव्यापी चासोको विषय भएको छ । वातावरण प्रदूषणले एक स्थानका मानिस मात्र होइन जनावर र विरूवा वनस्पतिसमेतलाई असर पार्दै त्यसको दायरा फराकिलो हुँदै जाने कुरामा दुईमत हुन सक्दैन । वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा विभिन्‍न सम्मेलनहरूबाट चासो दिइनुको कारण पनि यही नै हो । त्यसकारण, वायुको प्रदूषण नियन्त्रण हुनुपर्ने । (प्रकरण नं.३) सडक यातायातका साधनले उत्सर्जन गर्ने धुवाँधुलोको वृद्धि तथा विभिन्‍न आयोजना परियोजना निर्माण एवं सम्पन्‍न गर्दा सडक भत्काउने र समयमै निर्माण सम्पन्‍न नभई सहर धुलाम्य भई जनस्वास्थ्यलाई प्रतिकूल असर पारिरहेको भन्‍ने विषयमा सम्बन्धित निकायले विभिन्‍न अध्ययन र वातावरण प्रदूषण नियन्त्रणको उपायहरू अपनाए तापनि दैनिक जीवनयापनका क्रममा सवारी साधनहरूले उत्सर्जन गरेको धुवाँ धुलो, इँटा भट्टाका चिम्नीहरूबाट निस्किएका धुवाँ धुलो, खानेपानी तथा ढल निर्माणका क्रममा भत्काइएका सडक समयमै पुनर्स्थापना नगर्दा बढेको धुलोसमेतले वरपरका वातावरण असन्तुलित भई बटुवा, सवारी साधनका व्यक्तिहरू मात्र नभई घर पसलभित्रसमेत रहेका व्यक्तिहरूलाई पनि जीवनयापन गर्न कठिन बनाइरहेको यथार्थ हामीले दैनिक जीवनमा देखी भोगिरहेको तथ्यलाई भने बेवास्ता गर्न नसकिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10131
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2074/09/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
मुद्दा नं.०७३-WO-०७४८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10131
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्