नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10129 · वि.सं. २०७५

नि.नं. 10129 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनले निर्धारण गरेको मापदण्डबमोजिमको सेवा प्राप्त गर्नु र प्राप्त सेवा सुरक्षित भएको अनुभूति गर्नु संविधानअनुसार प्रत्येक नागरिकको संवैधानिक हकको रूपमा रहेको देखिन्छ । लामोदुरीका सवारी साधन सञ्चालन सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐनले निर्धारण गरेको मापदण्ड पूरा नगरी त्यस्ता सवारी साधन सञ्चालन गर्नु उपभोक्ता हितको विपरीत हुनुका अतिरिक्त कानूनबमोजिम दण्डनीयसमेत हुने । (प्रकरण नं.१३) श्रम ऐन, २०४८ को दफा ८ मा दैनिक आठ घण्टाभन्दा बढी श्रम लिन निषेध गरिएको छ । उक्त कानूनी प्रावधानबाट समेत कुनै पनि सवारी चालकलाई सो अवधिभन्दा बढी काममा लगाउन नमिल्ने देखिन्छ । सवारी धनी र यातायात व्यवसायीहरूका बीच भइरहेको अस्वस्थकर प्रतिस्पर्धाले एकातर्फ सवारी चालकले कानूनले निर्धारण गरेको समयावधिभन्दा बढी काम गर्नु परिरहेको देखिन्छ भने अर्कोतर्फ लामो दुरीको सवारी साधनको यात्रा दिनानुदिन बढी जोखिमपूर्ण एवं लापरवाहीपूर्ण भइरहेकोले यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले त्यसतर्फ विशेष रूपमा ध्यान दिनुपर्ने । (प्रकरण नं.१५) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय यातायात व्यवसायी महासंघ, सवारी चालक संघ र उपभोक्तामध्येबाट नागरिक समाजसमेतको प्रतिनिधित्व हुने गरी समिति गठन गरी सवारी सुरक्षा सम्बन्धमा छलफल गराई सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन र नियमावलीले लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धमा ऐनको दफा १०४ मा भएको कानूनी व्यवस्था र निर्धारण गरेका अन्य मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउनेतर्फ तत्‍काल पहल गर्नु भनी परमादेश जारी हुने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10129
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/12/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०७०-WO-०४०३
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10129
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्