नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10125 · वि.सं. २०७५

नि.नं. 10125 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सिमेन्टको कणहरूबाट श्रमिकको स्वास्थ्यलगायत अन्य सर्वसाधारण मानिस, जीवजन्तु, वनस्पतिसमेतमा प्रतिकूल प्रभाव पर्ने भएकाले त्यसप्रकारको नकारात्मक प्रभावलाई यथाशक्य कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्नु वाञ्छनीय हुने । (प्रकरण नं.३) कमजोर प्याकिङ भएमा सिमेन्टको परिमाणमा ह्रास हुने हुँदा उपभोक्ताको अहित हुने अर्थात् उपभोक्ताको हक हितको संरक्षण नहुने अवस्था रहन्छ । त्यसैले पनि सिमेन्टको प्याकिङ कार्य भरपर्दो र उपभोक्ताको हितअनुकूल गरिनु वाञ्छनीय हुन जाने । (प्रकरण नं.५) लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनुपर्ने कुरा उपभोक्ताको हित, आम जनस्वास्थ्य र स्वच्छ वातावरणको लागि अपरिहार्य हुने । (प्रकरण नं.६) वातावरणीय स्वच्छता, उपभोक्ताको हित एवं मजदुरको हित तथा जनस्वास्थ्य कायम गर्न लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनु उपयोगी हुने भएकाले सिमेन्टको उत्पादन, भण्डारण, ओसारपसार तथा बिक्री वितरण गर्ने सम्बन्धमा निश्चित मापदण्ड बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु गराउनु वाञ्छनीय देखिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10125
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2074/12/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ
मुद्दा नं.०६८-WO-१०३९
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10125
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्