नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10124 · वि.सं. २०७५

नि.नं. 10124 — बगैंचा जग्गा मोही लगत कट्टा

सिद्धान्त / नजिर सार (Headnote Summary)

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) मा घरबारीको परिभाषा गर्दा घरसँग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तबेला, फलफूलको बगैंचा, तरकारी बारीजस्ता चीजलाई घरबारीको दायराभित्र राखेको देखिन्छ । "फलफूलको बगैंचा" भन्ने शब्द अगाडि र पछाडि प्रयुक्त शब्द हेर्दा सो शब्दको अगाडि "तबेला" र पछि तरकारी बारी भन्ने शब्दको प्रयोग भएको देखियो । विधायिकाले परिभाषा गरेको "फलफूल बगैंचा" अन्तर्गत आफू बसोबास गरेको घरसँग जोडिएको घडेरीसरहको जग्गामा रहेको फलफूलको रूखहरूलाई बगैंचा भनी अर्थ गरेको पाइन्छ । यसबाट घर र करेसावारीसँग जोडिएको केही सीमित जग्गाको फलफूलको बगैंचालाई मात्र सम्झनु पर्ने । घरबारी भन्ने बित्तिकै घर रहेको वा घर बनाउन योग्य रहेको घडेरीसरहको जग्गा घरसँग जोडिएको बारी, बगैंचा आदिलाई सम्झनु पर्ने हुँदा घरबारीमा ठूलो क्षेत्रफलको फलफूलको बगैंचासमेत पर्दछ भनी विधायिकाको मनसायविपरीत गएर भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) मा उल्लिखित घरबारीको परिभाषालाई व्याख्या गर्न र सम्झन नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10124
मुद्दाको विषयबगैंचा जग्गा मोही लगत कट्टा
निर्णय वर्ष / मिति2074/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई | माननीय न्यायाधीश श्री बिदुरबिक्रम थापा
मुद्दा नं.०६९-CI-००६३
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10124
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्