नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10123 · वि.सं. २०७५

नि.नं. 10123 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्राङ्न्यायको सिद्धान्तअनुरूप same plaintiff, same opponent and same subject or issue भएको मुद्दा एकै अदालतबाट एक पटकभन्दा बढी सुनुवाइ वा फैसला गर्नु नहुने भन्‍ने हो । Due process of Law अवलम्बन गरी एक पटक भएको फैसलाबाट विवादको अन्त्य हुने वा सो विषयमा सो निर्णय अन्तिम हुने भन्ने हो । विवादित विषयमा अदालतबाट सक्षम सुनुवाइ गरी भएको फैसला सो मुद्दामा अन्तिम र निश्‍चयात्मक हुने । (प्रकरण नं.६) मुद्दाको रूपबाट अन्तिम भइसकेको विषय कानूनमा नयाँ संशोधन थप भएको आधारले अघि मुद्दाको फैसला कार्यान्वयन सम्पन्‍न भइसकेको कार्यलाई अप्रत्यक्ष रूपमा सोही विषय निवेदनको रूपमा पुनः अदालतमा प्रवेश गर्न मिल्ने हुदैन । प्रत्यक्षरूपमा कानूनले निमिल्ने कार्य अप्रत्यक्ष बाटोबाट सोही विषयमा पटकपटक अदालतमा प्रवेश गर्न मुद्दाको अन्तिमताको सिद्धान्तले पनि मिल्ने नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10123
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/07/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ
मुद्दा नं.०७०-WO-०८६५
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10123
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्