नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10122 · वि.सं. २०७५
नि.नं. 10122 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
परिवारको कुनै एक व्यक्तिले बेहोर्नु पर्ने दायित्वका लागि अन्य व्यक्तिको नाममा रहेको सम्पत्ति लिलाम गर्ने कार्य गर्दा पर्याप्त सुनुवाइको अवसर प्रदान गरी कानूनबमोजिमको प्रक्रिया अवलम्बन भएको हुनुपर्दछ । दर्तावालाको सम्पत्तिबाट बिगो असुलउपर गर्दा दर्तावालालाई सुनुवाइको मौका नदिइएको र बिगो भरी भराउको कार्यमा संलग्नता नभएको अवस्थामा भरी भराउको प्रयोजनका लागि सम्पन्न गरिएका लिलामसमेतका कारबाही कानूनबमोजिम मान्न नमिल्ने । (प्रकरण नं.४) लेनदेन मुद्दामा वादीको मूल सरोकार भनेको फैसलाबमोजिम बिगो भराई पाउनेसम्म हो । नगदै बिगो प्राप्त गर्ने अवस्था रहेसम्म अचल सम्पत्ति वा जग्गा प्राप्त गर्ने भन्ने होइन । फैसला कार्यान्वयनको मूल मर्म नै लेनदेन मुद्दामा ठहर भएको बिगो वादीलाई भराई दिने भएकाले लिलामको कारबाही प्रारम्भ भएपनि बिगोबापत लिलाम भएको जेथा सकार गर्नेको नाउँमा दा.खा.दर्ता नभएको अवस्थासम्म प्रतिवादीले बिगो रकम दाखिल गर्न ल्याए लिई सो रकमबाट नै फैसला कार्यान्वयन गर्न मिल्ने नै हुन्छ । लेनदेन मुद्दाको फैसलाले भराई पाउने ठहर भएको रकम नगदै दाखिल भएसम्म जेथा लिलाम गरिरहन नपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10122 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/10/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा |
| मुद्दा नं. | ०७१-WO-००१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10122 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
