नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10120 · वि.सं. २०७५
नि.नं. 10120 — रकम दिलाई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुरा हुन नसक्ने करारको सम्बन्धमा करार ऐन, २०२३ लागु रहेकै अवस्थामा हदम्याद गुज्रिसकेपश्चात् नयाँ ऐनद्वारा नयाँ हदम्यादको व्यवस्था गर्दैमा गुज्रिसकेको हदम्याद पुनर्जीवित हुन नसक्ने । (प्रकरण नं.५) करार भनेको देवानी दायित्वभित्रको विषय हो । यस्ता देवानी दायित्वभित्रको विवादमा पूर्ववत् ऐनले प्रदान गरेको सुविधा वा कानूनी उपचारभित्रबाट चुकिसकेका फिरादवालाका हकमा नयाँ हक अधिकारको सृजना भएको भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10120 |
|---|---|
| मुद्दाको विषय | रकम दिलाई पाऊँ |
| निर्णय वर्ष / मिति | 2074/10/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री बाबुराजा कार्की | माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र |
| मुद्दा नं. | ०७२-CI-०५४० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10120 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
