नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10117 · वि.सं. २०७५

नि.नं. 10117 — जग्गा सार्वजनिक कायम गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

घरसारमा तयार हुने सरकारी अड्डाबाट प्रमाणित गराउनु नपर्ने घरसारको लिखत जुनसुकैबेलामा पनि आपसमा मिलेर तयार गर्न सकिने भएकोले त्यस्ता लिखतलाई प्रमाणमा ग्रहण गर्न निकै सतर्क हुनुपर्ने हुन्छ । घरसारको लिखतबाट जग्गा जमिनमा हक सृजना हुनको लागि त्यस्तो घरसारको लिखतको विश्‍वसनीयता पुष्टि गर्ने अन्य प्रमाणको समेत आवश्यक पर्ने हुन्छ । नापीको समयमा नै खोल्सी पहिरो जनिएको जग्गा प्रतिवादीले भोग चलन गरी आएको भनी विश्‍वास गर्ने आधार देखिन नआउने । (प्रकरण नं.२) कुनै पनि विषयमा एक पटक निर्णय भएपछि सो निर्णयलाई प्रत्यक्ष प्रभाव पार्ने लिखत प्रमाण देखिन आएमा निर्णय विचारणीय हुन सक्ने हुन्छ । जुन प्रमाणका आधारमा कारबाही एकपटक तामेलीमा राखिएको हो सोही प्रमाण उल्लेख गरी पछि दिएको निवेदनबाट जग्गा दर्ताको कारबाहीलाई कारबाहीयुक्त अवस्थामा रहेको भनी मान्‍न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10117
मुद्दाको विषयजग्गा सार्वजनिक कायम गरिपाउँ
निर्णय वर्ष / मिति2074/11/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम
मुद्दा नं.०७२-CI-०५१५ | ०६९-CP-०२४० | ०७०-CG-००६७ | ०६९-CG-०१९३ | ०७०-CG-००९८ | ०७१-DP-००२९
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10117
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्