नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10112 · वि.सं. २०७५
नि.नं. 10112 — राजीनामा बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
सगोलको कुनै पनि अंशियारले अंश मुद्दा दायर गरेपछि अंश हकलाई सीमित वा संकुचित गर्ने गरी मन्जुरी वा साक्षी नराखी कुनै लिखत गरिन्छ भने त्यस्ता लिखतलाई असल नियतले पारिवारिक हितको लागि गरेको स्वाभाविक व्यवहार मान्न सकिने हुँदैन । अंशको हक अंशियार भएको नाताले स्वतः प्राप्त गर्ने हक हुँदा यस्तो हकलाई निष्क्रिय र संकुचित पार्ने गरी अंश मुद्दा परेपछि हक हस्तान्तरण गर्ने र वादीहरू नाबालक छन् वा २१ वर्ष उमेर पुगेको छैन वा मन्जुरी लिनुपर्ने होइन भन्ने कुनै पनि आधारमा दूषित तवरबाट भएको त्यस्तो हक हस्तान्तरण बदर नगर्नु न्यायोचित नहुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10112 |
|---|---|
| मुद्दाको विषय | राजीनामा बदर |
| निर्णय वर्ष / मिति | 2074/12/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री नीता गौतम दिक्षित |
| मुद्दा नं. | ०७०-CI-००६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10112 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
