नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10111 · वि.सं. २०७५
नि.नं. 10111 — उत्प्रेषण / प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
फौजदारी न्यायका सन्दर्भममा प्रयुक्त अभियुक्त र अपराधी शब्दावली छुट्टाछुट्टै अर्थवोध हुने शब्दावली हुन् । कुनै व्यक्ति विरूद्ध कुनै कसुरको आरोप लाग्नु र लागेको आरोप प्रमाणित हुनु पनि फरक फरक अवस्था हो । आरोप लागेको व्यक्ति विरूद्धको कसुर अदालतबाट प्रमाणित नभएसम्म वा निज कसुरदार नठहरिएसम्म निज निर्दोष रहेको मान्यताका आधारमा अभियुक्त शब्दावलीको प्रयोग हुने गरेको र कसुरदार ठहर भइसकेपश्चात् प्रयोग हुने शब्दावली अपराधी हो । अभियोग लाग्नासाथ अपराधी भनी कुनैपनि व्यक्तिको विवरण कायम गरिनु फौजदारी न्यायको मूल्य र मान्यता प्रतिकूल रहने । स्वच्छ सुनुवाइको हकले अभियोग लागेको व्यक्तिलाई आफ्नो कुरा भन्ने, त्यसको सूचना प्राप्त गर्ने, आफ्नो विरूद्धको प्रमाण खण्डन गर्ने आफू निर्दोष रहेको अनुभूति गर्ने व्यवहारको अधिकारसमेतलाई समेट्छ । स्वच्छ सुनुवाइको सिद्धान्तले अभियोग प्रमाणित नभएसम्म अभियोग लागेको व्यक्ति निर्दोष रहेको अनुमान गर्नु पर्ने मान्यतासमेतलाई ग्रहण गर्ने । (प्रकरण नं.४) मुद्दा अनुसन्धानको क्रममा अभियुक्तको अभिलेख राख्ने सिलसिलामा “अपराधीको अभिलेख” भन्ने फाराम खडा गरी सो फाराममा “अपराधीको नाम, थर, वतन..” जस्ता शब्दावली प्रयोग गर्न फौजदारी न्यायको क्षेत्रमा विकसित आधारभूत मान्यताविपरीत हुन जाने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10111 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2074/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा |
| मुद्दा नं. | ०७२-wo-१०३१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10111 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
