नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10101 · वि.सं. २०७५

नि.नं. 10101 — अंशचलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै अंशियारको नाममा कुनै सम्पत्ति रहँदैमा अंशबन्डाको ३० नं. को प्रयोजनको लागि व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको अर्थ गर्न मिल्दैन । व्यवहार प्रमाणबाट अंशबन्डा भएको देखिनका लागि पनि नरम गरम मिलाई अंशबन्डा गरेको, अंशबन्डा गरी भाग शान्ति पाएको सम्पत्ति आ-आफ्नो नाममा दाखिला खारेज भएको पनि देखिनु पर्ने । अंशजस्तो नैसर्गिक हकमा अंशियारले पाउनु पर्ने सम्पत्ति नपाएसम्म वा विधिवत् अंश हक नछोडेसम्म अंश छुट्‍याई लिन पाउने हुँदा सानातिना प्राविधिक कारण देखाई अंशहक भएको सम्पत्तिमा अंशियारलाई सो हकबाट वञ्‍चित गर्नु न्यायोचित नहुने । (प्रकरण नं.५) सगोलको अंशबन्डा लाग्ने सम्पत्ति भनी दाबी भएकोमा सगोलको सम्पत्ति होइन अंशबन्डा नलाग्ने निजी आर्जनको सम्पत्ति हो भन्‍ने पक्षले नै त्यसको सबुद गुजार्नु पर्ने । (प्रकरण नं.६) कुनै व्यक्तिले आफ्नो श्रम वा बौद्धिक क्षमताबाट कुनै सम्पत्ति आर्जन गर्दछ भने त्यस्तो सम्पत्तिलाई निजी आर्जन भनिन्छ । अंशबन्डाको विषयमा निजी आर्जन हुनको लागि अंशियारमध्ये कसैले एकाघर सगोलको सम्पत्ति प्रयोग नगरी सगोलको सम्पत्ति नमिसाइकन आफ्नै श्रम र सीपबाट कुनै सम्पत्ति आर्जन गरेको छ भने सो सम्पत्तिलाई स्वआर्जन भन्‍न सकिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10101
मुद्दाको विषयअंशचलन
निर्णय वर्ष / मिति2074/11/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री वमकुमार श्रेष्‍ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश डा. श्री कुलरत्‍न भुर्तेल
मुद्दा नं.०६६-CI-०९७३ | ०६६-CI-१२०१ | ०६७-CI-०९०९ | ०६७-CI-१११२ | ०६६-CI-११९० | ०६६-CI-११९१
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10101
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्