नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 101 · वि.सं. २०१७
नि.नं. 101 — परमादेश (म्यान्डेमस) को रीट वा जुन उपयुक्त छ आज्ञा आदेश जारी गरी ऐन नियम बमोजिम गर्न गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानूनबमोजिम गर्न मञ्जुरै गरेको देखिएमा निवेदन खारेज हुने । निवेदक उप सचिव श्री उत्तम शम्सेर समेत विपक्षी श्री ५ को सरकार गृह मन्त्रालयका श्री ५ को सरकारका सचिव प्रेम नरसिंह प्रधान भएको परमादेशको रीट वा अन्य उपयुक्त रीट तथा आज्ञा आदेश पुर्जी जारी गरी पाउँ भन्ने रि. नं. ३९ को मामिलामा आजका मितिमा यसै डिभिजन बेञ्चबाट भएको आदेशमा लेखिएको बुँदा प्रमाण परिबन्दबाट यो मामिलामा पनि विपक्षीहरूले जारी भएको कानून बमोजिम गर्न मन्जुरै गरेको देखिंदा निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 101 |
|---|---|
| मुद्दाको विषय | परमादेश (म्यान्डेमस) को रीट वा जुन उपयुक्त छ आज्ञा आदेश जारी गरी ऐन नियम बमोजिम गर्न गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2017/09/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 101 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
