नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10099 · वि.सं. २०७५
नि.नं. 10099 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
स्वामित्वको प्रश्न र भोगाधिकारको प्रश्न एकै नभई अलग-अलग विषय हुन् । कुनै पनि वस्तुमाथिको भोग वस्तुको वास्तविक स्वामीबाहेक अन्य व्यक्तिको विरूद्धमा लागू हुन्छ । अर्थात् स्वामित्व भएको व्यक्तिबाहेक अरूले भोगाधिकारलाई चुनौती दिन नसक्ने । (प्रकरण नं.३) कसैको भोगाधिकार भएको सम्पत्तिमा अरू कसैले अवरोध सिर्जना गर्न खोजेको अवस्थामा भोगाधिकारमाथि खिचोला गरेको भन्नु पर्ने । आफ्नो कुनै पनि प्रकारको हक र भोग नरहेको जग्गामा भोगाधिकार रहेको भनेर जिकिर गर्नुको अर्थ खिचोला गरेको तथ्यलाई स्वीकारेको मानिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10099 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2075/03/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री राजकुमार वन |
| मुद्दा नं. | ०७१-CI-११७६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10099 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
