नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10098 · वि.सं. २०७५
नि.नं. 10098 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
ठगीको वारदात स्थापित हुन अर्काको हकको सम्पत्ति लिने खाने उद्देश्यले धोका गफलत परिपञ्च गरेको देखिनु पर्ने हुन्छ । ठगी अपराधको मूलभूत तत्त्व आफ्नो हक नपुग्ने अर्काको हकको सम्पत्ति लिने दिने दिलाउने नियतले ललाई फकाई गरी विश्वासमा पार्ने, जाल परिपञ्चमा पार्ने, धोका गफलतमा पार्ने आदि जुनसुकै वा कुनै तत्त्व अन्तर्निहित हुन सक्दछ । कुनै पनि किसिमको धोकाजन्य व्यवहार गरेर अर्काको हकको चल अचल सम्पत्ति लिने खाने नियत राखेको प्रमाणित हुन्छ भने त्यो कार्य ठगीको कसुरअन्तर्गत पर्ने । (प्रकरण नं.३) कुनै व्यक्तिले एकभन्दा बढी व्यक्तिको हक पुग्ने सम्पत्ति लिने खाने बदनियतले धोखा दिने कार्य गरी चलअचल लिए खाएको अवस्थामा कुनै एक जनासँग भरपाई लिखत गराएकै आधारमा ठगीको कसुरमा मुद्दा नै नचल्ने, ठगीमा सजाय नै नहुने भन्न मिल्ने देखिँदैन । ठगिने व्यक्तिले ठगी गर्नेलाई पक्री भाखा तमसुक गराई राखेको भन्ने वाक्यांशले ठगिने जति सबैको हकको धनमाल पाउन सक्ने गरी भाखा तमसुकको लिखत भएको भन्ने जनाउँदछ । तर उनाउ व्यक्तिसँग गराई लिएको लिखतलाई ठगीको महलको ३ नम्बरबमोजिमको तमसुक रहेछ भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10098 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2074/11/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री शम्भूबहादुर खडका | माननीय न्यायाधीश श्री विदुरविक्रम थापा |
| मुद्दा नं. | ०७०-CR-०६८१ | ०७०-CR-१०९४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10098 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
