नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10095 · वि.सं. २०७५

नि.नं. 10095 — लिखत दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

विभिन्न किसिमका हक हस्तान्तरणहरू मध्ये दान बकस गरी कुनै सम्पत्ति हक हस्तान्तरण गरिएको छ भने सो दान बकससम्बन्धी विषयमा मुलुकी ऐन, दान बकसको महल आकर्षित हुने हुँदा हदम्यादको सम्बन्धमा दान बकसको महलमा उल्लिखित २ वर्षको हदम्याद आकर्षण हुने । (प्रकरण नं.३) अंश बन्डाको १९(१) नं. ले घरको मुख्य व्यक्तिलाई घर व्यवहार चलाउन अचल सम्पत्ति बिक्री गर्न सुविधा दिएको हो । बिक्री नै नगरी सेवा टहल गरेबापत हा.व. गरी दिएको हुँदा अंशबन्डाको १९(१) नं. को व्यवस्था आकर्षित हुन सक्ने देखिन नआउने । (प्रकरण नं.६) दान बकसको १ नं. मा “अंशियार” भन्ने शब्द प्रयोग भएबाट सगोलको सम्पत्तिमा अंशको हक राख्‍ने उमेर पुगेका वा नपुगेका एकासगोलका सबैलाई अंशियार मान्नुपर्ने हुन्छ । अरू अंशियारहरूको समेत हक लाग्ने सम्पत्ति दान वा बकसपत्रको लिखत पारित गरिदिँदा उमेर पुगेका वा नपुगेका सबै अंशियारको सहमति लिनुपर्ने हुन्छ । यस दृष्टिबाट बकस गरेको विषयमा दान बकसको १ नं. नै आकर्षित हुने भई अंशबन्डाको १९(१) नं. असान्दर्भिक देखिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10095
मुद्दाको विषयलिखत दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2073/12/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७०-CI-०६६६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10095
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्