नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1009 · वि.सं. २०३३

नि.नं. 1009 — उत्प्रेषण परमादेश मिश्रित आदेश जारी गरिपाऊ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आयकर ऐन, २०३१ को दफा ५७ हेर्दा करअधिकृतले गरेको कर निर्धारण आदेश वा सजायको आदेशले मर्का पर्ने व्यक्तिले त्यस्तो आदेशउपर राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्न सक्ने व्यवस्थासम्म भएको देखिने । करअधिकृतले गरेको कर निर्धारण आदेशलाई बदर गरी पुनः कर निर्धारण गर्ने गरी श्री ५ को सरकारले गरेको निर्णय वा आदेशउपर पुनरावेदन लाग्ने व्यवस्था आयकर ऐन, २०३१ को दफा ५७ वा अन्य कुनै कानून भएको नदेखिने । करअधिकृतले गरेको कर निर्धारण वा सजायको आदेशबाट मर्का परेमा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्थालाई कानूनविपरीत श्री ५ को सरकारले गरेको निर्णय बदर गराउने वैकल्पिक उपचारको संज्ञा दिनु कानूनसंगत नहुने । (प्र.नं. ७) (२) नेपाल आयकर ऐन, २०१९ बमोजिम आय विवरण दाखिल गर्न बाँकी रहेको, दाखिल भएको आय विवरणमा कर निर्धारण गर्न बाँकी भएको वा निर्धारित कर असूल गर्न बाँकी रहेकोसम्म आयकर ऐन, २०३१ बमोजिम कारवाही हुन सक्ने व्यवस्था उक्त ६६ को उपदफा (२) मा भएको पाइने । (प्र.नं. ८) (३) नेपाल आयकर ऐन, २०१९ अन्तर्गत प्रस्तुत भई सो ऐनबमोजिम आयकर निर्धारण आदेशसमेत भइसकेको आय विवरणको सम्बन्धमा सो ऐनको दफा २४ (क) अन्तर्गत निर्णय नगरी पछि लागू भएको आयकर ऐन, २०३१ को दफा ५६ बमोजिम आदेश दिन उक्त दफा ६६ (२) ले श्री ५ को सरकारलाई अधिकार प्रदान गरेको छ भन्न नमिल्ने । पहिलेको ऐनबमोजिम हुनुपर्ने कारवाही जारी राख्नसम्म अधिकार प्रदान गर्ने उक्त ६६ (२) को कानूनी व्यवस्थाले नया“ ऐनको हदम्याद लगाई पहिलेको ऐनबमोजिम भइसकेको काम कुरामा प्रतिकूल असर पर्ने गरी नया“ निर्णय गर्न अधिकार प्रदान गर्दैन । हदम्याद नघाएर गरिएको निर्णय कानूनको दृष्टिमा अमान्य हुने । (प्र.नं. ९) आफ्नो पदीय कर्तव्यको पालनामा लापरवाही गर्ने अधिकारीहरू उपर श्री ५ को सरकारबाट यथोचित कारवाही हुनुपर्ने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1009
मुद्दाको विषयउत्प्रेषण परमादेश मिश्रित आदेश जारी गरिपाऊ
निर्णय वर्ष / मिति2033/05/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 1009
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्