नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10062 · वि.सं. २०७५
नि.नं. 10062 — सामूहिक जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
सामूहिक क्रियाबाट भएको जबरजस्ती करणी जस्तो कसुरमा पीडित र प्रतिवादीहरूले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष साथै अदालतमा गरेको कागज र बयान, प्रतिवादीहरूले एक अर्कामा गरेको पोल र वादी पक्षका साक्षीहरूसमेतले अदालतमा वारदातको तथ्य र त्यसमा प्रतिवादीहरूको संलग्नताको सम्बन्धमा गरेको बकपत्रहरूबीच देखिने बढीभन्दा बढी सामञ्जस्यतामा तथ्य र सत्य पहिल्याएर नै कसुरदार ठहर्याउनु पर्ने । अझ सामूहिक जस्ता क्रिया सबै वारदात र कसुरमा प्रत्यक्ष, ठोस एवं भौतिक प्रमाणहरू नै हुन्छन् भन्न सकिने अवस्था हुँदैन । प्रतिवादीले आफूलाई कसुरबाट निर्दोष साबित गराउन भरमग्दुर प्रयास गरे पनि निजहरूलाई कसुरदार ठहर्याउने यी यस्ता प्रकृतिका प्रमाणहरू नै पर्याप्त आधार हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10062 |
|---|---|
| मुद्दाको विषय | सामूहिक जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2074/11/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल | माननीय न्यायाधीश श्री विरेन्द्रकुमार कर्ण |
| मुद्दा नं. | ०७४-CR-००५० | ०७२-CS-००८३ | ०७२-CS-००९२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10062 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
