नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10056 · वि.सं. २०७५
नि.नं. 10056 — विद्युत् चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनमा स्पष्टसँग पुनरावलोकनको निवेदन नपरेमा सो म्याद समाप्त भएको मितिले ७ दिनभित्र अनुसन्धान अधिकारीले कायम गरेको रकम बुझाउन ल्याउनु भनी सूचना जारी गरी उक्त म्यादभित्र बुझाउन नल्याए ३० दिनभित्र अभियोग पत्र दायर गर्नुपर्नेमा हदम्याद सिर्जना गर्नको लागि पछिल्लो मितिमा सूचना जारी गरी सोबाट हदम्याद कायम गरेकोलाई मान्न मिल्ने नदेखिने । (प्रकरण नं.४) कानूनले सृजना गरेको कुनै पनि निकाय वा पदाधिकारीले कानूनले तोकिदिएअनुसार मात्र काम गर्नुपर्ने हुन्छ । कानूनले कुनै काम गर्न निश्चित समयावधि र प्रक्रिया तोकिदिएको अवस्थामा सो समयावधि र प्रक्रियाको अनिवार्य पालना गर्नु पर्दछ । अन्यथा त्यस्तो कामले वैधता प्राप्त गर्न सक्ने देखिँदैन । कानूनअनुसारको समयावधिभित्र गर्नुपर्ने काम नगरी समयावधि नघाई काम गरेकोमा त्यस्तो कार्यको पालना गर्न कुनै पनि व्यक्तिलाई बाध्य पार्न सकिँदैन । सुरूको कुनै कामले वैधता प्राप्त गर्न नसक्ने अवस्थामा सोका आधारमा भए गरेका पछिका अन्य कामले पनि वैधता नपाई स्वतः अमान्य नै हुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10056 |
|---|---|
| मुद्दाको विषय | विद्युत् चोरी |
| निर्णय वर्ष / मिति | 2074/07/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री भीमबहादुर बोहोरा | माननीय न्यायाधीश श्री पवनकुमार शर्मा |
| मुद्दा नं. | ०६७-CR-०४७७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10056 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
