नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10050 · वि.सं. २०७५

नि.नं. 10050 — बाटो खिचोला बाटो कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

न्यायका मान्य सिद्धान्तहरूतर्फ नजर गर्दा एकाको स्वामित्वको जग्गाबाट गैर स्वामित्व भएका अन्य व्यक्तिले अनन्तकालदेखि बाटोको रूपमा प्रयोग गरी आएको भए पनि सुविधाधिकारको सिद्धान्तअनुसार त्यस्तो बाटो बन्द गर्न नमिल्ने । (प्रकरण नं.५) महानगरपालिकाबाट कुनै भवन वा कुनै भाग भत्काउन नपर्ने गरी निर्णय भएको अवस्थामा सो निर्णयमा चित्त नबुझ्ने पक्षले पुनरावेदन गर्न पाउने व्यवस्था गरेको देखिएन । बाटो खुलाउन नपर्ने वा भवन वा कुनै भाग भत्काउन नपर्ने गरी नगरपालिका प्रमुखबाट भएको निर्णयउपर पुनरावेदन लाग्न सक्ने कानूनी व्यवस्था नभएको अवस्थामा एक पटक निर्णय भइसकेको भन्ने आधारमा मर्का पर्ने पक्षले कानूनको म्यादभित्रै कानूनी उपचारको बाटो अवलम्बन गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10050
मुद्दाको विषयबाटो खिचोला बाटो कायम
निर्णय वर्ष / मिति2074/08/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की | माननीय न्यायाधीश श्री शारड्गा सुवेदी
मुद्दा नं.०७३-CI-१३८६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10050
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्