नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1002 · वि.सं. २०३३
नि.नं. 1002 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पुरानो मुलुकी ऐन अ.बं. १११ र हाल प्रचलित मुलुकी ऐन अ.बं. ८६ नं. ले जग्गा जिमिदारी दर्ता बहाली पाई उसबखत देखि हकभोग गरिरहने वादीलाई मुद्दामा समावेश नगरी प्रतिवादीले हारजित गरेकोमा वादीले आफ्नो हकमा उजूर गरी निर्णय लिन सक्ने कानूनी व्यवस्था गरेको देखिने । — सम्पत्तिमा दखल पर्न आएका बखत जानी थाहा पाई उजूर गर्न सक्ने अवस्था देखिएको र म्याद थमाई नालिस गरेको समेत देखिनाले म्याद नाघेको भन्ने प्रतिवादीको जिकिर युक्तिसंगत नहुने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1002 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2033/10/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 1002 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
