नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10014 · वि.सं. २०७५

नि.नं. 10014 — बकसपत्र लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, अंशबन्डाको १ नं. हेर्दा, “अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अंश गर्नुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । सो कानूनी व्यवस्थाले बाबुआमा, छोराछोरी, लोग्ने स्वास्नीसम्मका नाता पुस्तामा जीवित अंशियारहरूको बीचमा नै अंशबन्डा हुने भन्‍ने देखिन्छ तापनि नातिको अंशहक आफ्नो बाबुमार्फत प्राप्त हुने हुँदा बाबुले प्राप्त गर्ने अंशहक सम्पत्तिमा नातिको अंशहक निहित रहन जाने । पैतृक सम्पत्तिमा आफ्नो बाबुको अंश हकमा नै असर पर्ने गरी बाजेले बिक्री व्यवहार हक हस्तान्तरण गरेको स्थितिमा सर्वप्रथम बाबुले नै आफ्नो हक खोज्न आएको देखिनुपर्ने । माथिल्लो पुस्ताका व्यक्तिहरू मिली तेस्रो पुस्ताका व्यक्तिको अंशहक नियतवश अहित गर्ने उद्देश्यले सम्पत्ति हिनामिना गर्ने कार्य भएको प्रमाणित हुने अवस्थामा तेस्रो पुस्ताका व्यक्तिको अंशहक अंशबन्डाको १ नं. ले संरक्षण गर्न नमिल्ने हुँदैन । पिता जीवित नरहेको अवस्थामा पिताको अंश हकमा तेस्रो पुस्ताका नातिले सो ऐनबमोजिम आफ्नो पितातर्फको अंशहक संरक्षण गर्न नपाउने भन्‍न नमिल्ने । (प्रकरण नं.४) मूल अंशियारमध्येका वादीका पिता जीवितै हुँदा पनि बदरमा दाबी लिई बदर गराउन सकेको पाइँदैन । हक प्राप्त गर्ने व्यक्तिको पनि सम्पत्तिमा हक सुनिश्‍चित नभएमा सम्पत्तिसम्बन्धी अधिकारमा अनिश्‍चितता रहन्छ । वादीले आफ्नो पिताबाट अंश हक प्राप्त गर्ने अवस्था रहेकै छ र वादीका पिताले पाउनेभन्दा बढी जग्गा सम्पत्ति दाता बाजेकै नाउँमा रहेको देखिने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10014
मुद्दाको विषयबकसपत्र लिखत बदर
निर्णय वर्ष / मिति2073/07/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री अच्युत विष्ट | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल | माननीय न्यायाधीश श्री रामचन्द्र यादव
मुद्दा नं.०७०-CI-०४८८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10014
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्