नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10009 · वि.सं. २०७५

नि.नं. 10009 — अपुताली हक कायम दर्ता चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश र अपुतालीका विषयहरू झट्ट हेर्दा उस्तै देखिने भए पनि पृथक विषयहरू हुन् । अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्त्वपूर्ण हुन्छ । तर अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई मर्ने व्यक्तिको सम्पत्तिको हकदार मानिएको देखिन्छ । बाँचुञ्‍जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने कुरालाई प्रस्तुत कानूनी व्यवस्थाले अनुमति दिएको नदेखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10009
मुद्दाको विषयअपुताली हक कायम दर्ता चलन
निर्णय वर्ष / मिति2074/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी
मुद्दा नं.०७१-CI-००५६ | ०६८-DP-०६५५
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10009
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्