नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10008 · वि.सं. २०७५

नि.नं. 10008 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

ज्यानसम्बन्धीको १३(४) नं. अनुसारको “ज्यान मार्नमा वचन दिने” भन्‍ने शब्दको निरपेक्ष अर्थ नगरी समय सापेक्ष अर्थ गर्नुपर्ने हुन्छ । ‘मार’ भनी भनेकोलाई सबै सन्दर्भ परिस्थितिमा कानूनअनुसार सजाय गर्दा व्यावहारिक नहुने र यसो गर्दा अन्यायसमेत पर्न जान्छ । त्यसैले ‘मार् हान्’ भनी भनेको कुरा साँच्चिकै मार्ने मनसायसहित भनेको हो, होइन ? यसरी ‘मार्’ भनी वचन दिएकोले मात्र मारेको हो, होइन ? भन्‍ने जस्ता कुरा यसमा विचारणीय हुन आउने । ज्यान मार्ने मनसायले नै मार् भनेको र मार् भनेका कारणले मात्र मारेको भन्‍ने नि:सन्देह पुष्‍टि नभएको यस्तो अवस्थामा यी प्रतिवादीले नेपाल सरकारको पुनरावेदन जिकिरअनुसार ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुरमा सहभागिता रहेको हो भनी भन्‍न नसकिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10008
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2073/08/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल | माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाइँ
मुद्दा नं.०७०-CR-०४७२ | ०७०-CR-०५२१ | ०७०-CR-०५२२
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10008
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्