नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10003 · वि.सं. २०७५
नि.नं. 10003 — लागु औषध खैरो हेरोइन
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीसँग लागु औषध फेला परेको अवस्थामा प्रतिवादीले त्यसको वैधता प्रमाणित गर्नै पर्दैन भन्ने होइन । यसो भन्नुको मतलब लागु औषधको कसुरमध्ये प्रतिवादीले कुन कसुर गरेको हो, सेवनको कसुर हो वा कारोबारको कसुर हो भन्ने कुरालाई स्पष्ट गर्नुपर्ने, तत्सम्बन्धी आवश्यक कुरा खुलाउनु पर्ने र सोको प्रारम्भिक प्रमाण पुर्याउनु पर्ने वादीको दायित्वलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले समाप्त गरेको हो भन्न पनि नमिल्ने । (प्रकरण नं.१०) कसुरको दफा मात्र उल्लेख गरेर पुग्दैन सो दफाबमोजिमको काम प्रतिवादीबाट भएको भन्ने कुरा र तत्सम्बन्धी प्रमाण पनि दाबीमा खुल्नु आवश्यक हुने । (प्रकरण नं.१२) बरामदित लागु औषधको मात्रा थोरै छ बरामद भएको मात्रालाई नै अदालतले आधारको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । बरामदित मात्रा थोरै छ बरामद भएको मात्रालाई पन्छाएर हचुवाको भरमा बरामद थोरै भए पनि कारोबारी नै हुन् भनी भन्न पनि मिल्दैन । अर्कोतर्फ एकै व्यक्तिको साथबाट खैरो हेरोइन र चरेस दुई फरक लागु औषध फेला परेको कारणले मात्रै निजलाई लागु औषधको कारोबारी ठहर गर्नु न्यायोचित नहुने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10003 |
|---|---|
| मुद्दाको विषय | लागु औषध खैरो हेरोइन |
| निर्णय वर्ष / मिति | 2073/08/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री सत्यमोहन जोशी | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्यायको रायसँग सहमत हुन नसकी छुट्टै राय व्यक्त गरेको छु भन्नेसमेत बेहोराको माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्यायको राय । | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको रायसँग सहमत हुन नसकी छुट्टै राय व्यक्त गरेको छु भन्नेसमेत बेहोराको माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय । | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्यायले व्यक्त गर्नुभएको राय कायम हुनुपर्दछ भन्ने बेहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्यायले व्यक्त गर्नुभएको राय मनासिब हुने वा लागु औषध सेवनमा सजाय गर्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्यायको राय कायम हुने हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय मनासिब देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रतिवादी राजेशकुमार लामालाई लागु औषधको कारोबारमा सजाय हुने ठहर गर्नुहुने माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायको राय तथा लागु औषधको परिमाणसमेतबाट सेवनतर्फ सजाय गरेको फैसला फरक पर्न सक्ने भनी यस अदालतको संयुक्त इजलासले मुद्दा दोहोर्याई हेर्ने भनी दिएको मिति २०७०/४/२८ को निस्साको आदेशसँग सहमत हुन सकिएन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला अपलोड गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू । |
| मुद्दा नं. | ०७२-CF-०००७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10003 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
